रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अस्ट्रेलियाबिरुद्ध इंग्ल्यान्ड मनोबैज्ञानिक दबाबमा, फाइनलमा दुवैको दाउ

अस्ट्रेलियाबिरुद्ध इंग्ल्यान्ड मनोबैज्ञानिक दबाबमा, फाइनलमा दुवैको दाउ
43
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

२६ असार । एकदिवशीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डलाई अहिले सबैभन्दाठूलो र निर्णायक जितको आवश्यकता छ । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दावेदार मानिएको थियो । तर, उनीहरुभन्दा माथि थियो साविक विजेता अस्ट्रेलियाको क्षमता ।

लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा प्रभावशाली अस्ट्रेलियाले इंग्ल्याण्डमाथि ६४ रनको जित हासिल गरेको सबैको स्मरणमा ताजै छ ।

तर पाँचपल्टको उपाधि विजेता अस्ट्रेलियाले आफ्नो प्रभाव प्रतियोगिता सुरु हुनुअघि नै देखाइसकेको थियो, जतिबेला अभ्यास खेलमा उसले १२ रनको जित हासिल गरेको थियो ।

अर्कोतर्फ इंग्ल्यान्डको प्रदर्शनमा एकरुपताको कमी छ । यस प्रतियोगितामा इंग्लिस टोली मुख्यतः रन चेजमा कमजोर देखिएको छ । श्रीलंकाबिरुद्ध २० रनको अप्रत्यासित हारमा इग्ल्यान्ड २३३ रनमै समेटिएको थियो ।

उनीहरु अस्ट्रलियाबिरुद्ध अझै उत्कृष्ट ब्याटिङको प्रयास गर्नेछन् ।

अस्ट्रेलिया पनि उपाधि रक्षा अभियानमा अधिक आत्मविश्वासी देखिएको छ । समूह चरणमा उसले २ हार ब्यहोरेको थियो । दुवै रन चेज गर्ने क्रममा ब्यहोरेको थियो । पछिल्लो खेलमा दक्षिण अफ्रिकाबिरुद्ध ३ सय २५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १० रनले हारेको थियो ।

यो हारले अस्ट्रेलियाको पोजिसनमा असर परेको थियो र दोस्रो स्थानमा इंग्ल्यान्ड प्रतिद्वन्दी पाएको थियो । चोटग्रस्त शन मार्सको स्थानमा पिटर ह्यान्स्कोबलाई टिममा बोलाइएको छ । जसले विश्वकपमा डेब्यू गर्दैछन् ।

उस्मान ख्वाजाको स्थानमा म्याथ्यू वेडलाई टिममा बोलाइएको छ । वेड पछिल्लो समय उच्च लयमा छन् । अस्ट्रेलिया ए टिमबाट उनी पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पछिल्ला २ खेलमा भारत र न्युजिल्यान्डलाई हराएपछि इंग्लिस टोली उत्कृष्ट बनेको छ । तर, अस्ट्रलियासँगको पछिल्लो २ हारले उनीहरु मनोबैज्ञानिक रुपमा पछि हुनेछन् ।

यस खेलको विजेताले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै लगातार दोस्रोपल्ट फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनल यदि अस्ट्रेलियाले जितेमा गत संस्करणकै फाइनल दोहोरिनेछ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal