अष्ट्रेलिया टस जितेर ब्याटिङ गर्दै आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा घरेलु टाेली इंग्ल्याण्डले साविक विजेता अष्ट्रेलियासँग खेल्दैछ। ब्रिमिङहमस्थित एडबास्टनमा हुने खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ। अष्ट्रेलियाली टिममा आज एक खेलाडी परिवर्तन भएको छ।
ब्याट्सम्यान उस्मान खवाजाको स्थानमा पिटर ह्याण्ड्सकम्व पहिलो रोजाईँमा परेका हुन्। खवाजा चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। ह्याण्डस्कम्ब यसअघि अर्का घाइते खेलाडी शन मार्सको स्थानमा टिममा परेका हुन्। शन मार्स पनि चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।

अष्ट्रेलियाले अहिलेसम्म खेलेकाे सेमिफाइनमा अपराजित रहदै छ। सात पटक सेमिफानल जित्दै फाइनल खेलेकाे अष्ट्रेलियाले पाचँ पटक उपाधि जित्दा दुई पटक उपविजेतामा सिमित रह्याे।