लन्डन– इंग्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा भइरहेको १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटकाे उपाधी इंग्ल्याण्डले जितेकाे छ । टस जितेपछि पहिला ब्याटिङ गरेको किविज टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ४१ रन जोडेकाे थियाे । इङ्ल्यान्डले निर्धारीत ओभरमा सबै विकेट गुमाउदै २४१ रन बनाउन पछी खेल टाई भएको थियो । दुइपटक सुपर ओभरमा पुगेको खेलमा बाउन्ड्रीका आधारमा इंग्ल्याण्ड विजयी भएको हो |
ब्याटिंग तर्फ इङ्ल्यान्डका कप्तान इयोन मोर्गन ९, जोनी बेयर्स्टो ३६, जेसन रोय १७ र जोए रुट ७, जोस बटलर ५९, क्रिस वोक्स २ रन बनाए भने इङ्ल्यान्डको यो एतिहाँसिक सफलतामा स्टोक्स नायक बने। उनले अविजित ८४ रन जोडे। सुपर ओभरमा पनि उनले एक्लैले ८ रन जोडेका थिए।बलिंग तर्फ न्युजिल्यान्डका लकी फर्गुसन र जेम्स निसामले ३/३ तथा म्याट हेनरी, कोलिन डे ग्रान्डी र एक एक विकेट लिए।

यसअघि टस जितेपछि पहिला ब्याटिङ गरेको किविज टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ४१ रन जोड्यो। न्यूजिल्याण्डका हेनरी निकोल्स ५५, कप्तान केन विलयमसन ३० र मार्टिन गुप्टिलले १९ रन जोडे । रोस टेलरले १५ र जेम्स निसामले १९ रन बनाए। पाचौँ नम्बरमा ब्याटिङमा आएका टम लाथमले अन्तिम समयसम्म पाली सम्हालेपनि ४७ रन मात्र जोड्न सके। सातौँ ओभरको दोस्रो बलमा गुप्टिललाई वोक्सले एलबीडब्लु धरापमा पारे। टोलीले एक सय २ रन जोड्दा दोस्रो विकेटका रुपमा विलियमसन एलबीडब्लु धरापमा परे। अम्पायर कुमार धर्मसेनाले आउट नदिएपछि इङ्ल्यान्डले रिभ्यु अपिल गरेको थियो।
लायम प्लङकिटले विलियमसनको विकेट हात पारे। प्रतियोगितामा विलियमसन न्युजिल्यान्डका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान थिए। न्युजिल्यान्डले एक सय १८ रन जोड्दा प्लङ्किटले निकोल्सलाई बोल्ड गरे। २३ रनपछि उडले टेलरलाई एलबीडब्लु धरापमा पारे। अम्पायरले आउट दिएपनि रिप्लेमा एलबीडब्लु देखिएन। रिभ्युको मौका सकिएकाले टेलरले क्रिज छाड्नु परेको थियो। न्युजिल्यान्डले एक सय ७५ रन जोड्दा प्लङ्किटले निसामलाई क्याच आउट गराए।
इङ्ल्यान्डका लायम प्लङ्किट र क्रिस वोक्सले तीन तीन विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले एक एक विकेट हात पारे।