काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिने घोषणा गरेका छन । उनले आफ्नो सोसियल मिडियामा लेख्दै एन्फाबाट राजिनामा दिने बताएका छन ।
उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पछिल्लो तीन साता देखि असहयोग गरिरहेको र त्यसका कारण आफुले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी दिएका छन ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भएर आएको पाँच महिनामा प्रशिक्षक अब्दुल्लाहले नेपाली टिमलाई परिवर्तनको बाटोमा लागेका थिए ।
एक बर्ष एन्फासँगको सम्झौतामा कतार फुटबल संघको सहयोगमा नेपाल आएका अब्दुल्लाहले एन्फाका बरिष्ठ उपाध्यक्षले आफुमाथि नाटक गरेको आरोप लगाएका छन ।
उनले आफुले राजिनामा दिएपछि बरिष्ठ उपाध्यक्ष नेम्बाङ खुसी हुने बताएका छन ।