काठमाडौं, ४ साउन । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अबको २ महिना क्रिकेटबाट टाढा हुने भएका छन् ।
विश्वकप क्रिकेटबाट भारतीय टिम सेमिफाइनलमै आउट हुँदा धोनीको प्रर्दशनलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन आग्रह गरिरहेका बेला धोनीले आफू वेस्टइण्डिजविरुद्धको सिरिज नखेल्ने बताए ।

वेस्टइण्डिज सिरिजका लािग आइतबार भारतीय टिमको घोषणा हुने छ । साथै धोनीले सन्यास लिने बारेमा आफूले केही नसोचेको पनि बताएका छन् ।
धोनीले आज शनिबार वेस्टइण्डिविरुद्धको सिरिजका लागि आफूलाई सहभागी नगराउन आग्रह गरेको बीसीसीआईले जनाएको छ । पारामिलेट्री फोर्सको प्यारासुट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नल हुन् ।
उनी सोही रेजिमेन्टका साथ अबको २ महिना विताउने तयारीमा छन् ।