५ सिंगापुर । आईसीसी टी–२० विश्कपको एसिया छनोट सोमबारदेखि सिंगापुरमा शुरुहुँदै छ । प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोविन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा सहभागिता सुनिश्चित गर्ने छ ।
प्रतियोगिताको अघिल्लो दिन सबै टिमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका छन् । नेपाली क्रिकेट टिमले मलेसियामा अन्तिम अभ्यास गरेर टी–२० विश्वकपको एसिया छनोट खेल्न सिंगापुर पुगेको हो । नेपाली टिमले उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार सिंगापुर र कतार तथा कुवेत र मलेसिया भिड्ने छन् । नेपालले पहिलो खेलमा मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दा सिंगापुर र कुवेत पनि आमने सामने हुने छन् । त्यसैगरी बुधबार नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दा कुवते र कतार भिड्ने छन् । विहीबार कुनै पनि खेल हुने छैन् भने शुक्रबार सिंगापुर र मलेसिया तथा नेपाल र कुवेतले खेल्ने छन् ।
शनिबार समूह चरणको अन्तिम खेलमा मलेसिया र कतार तथा घरेलु टोली सिंगापुरसँग नेपालले प्रतिस्पर्धा गर्ने छ ।