नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मैदानको आकार सानो भएको र पिच पनि सुस्त भएकाले यसको फाइदा नेपालले लिनसक्ने बताएका छन । साथै उनले नेपालले कुन पिचमा खेल्ने हो त्यो हेरेर टिम तयार पार्ने बताए । आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि सिंगापुरमा रहेको नेपाली टिमले पहिलो खेल भोली कतार विरुद्ध खेल्दैछ ।
कप्तान पारसले आफुले ओपनीङ गर्ने प्रष्ट पारे । साथै उनले पछिल्लो पटक राम्रो लयमा नदेखिएका उपकप्तान ज्ञानेन्द्र मल्लबाट धेरै आशा गरेको तर त्यसलाई नतिजामा निकाल्न नसक्दा बढि आलोचित भएको बताए ।
कप्तान पारसले यतिबेला नेपाली टिममा स्थान बनाउन निकै प्रतिस्पर्धा रहेको र यसको रिजल्ट नेपाली टिमले राम्रो पाएका धारणा राखे । साथै उनले नेपाली क्रिकेटलाई अर्को लेभलमा पुर्याउन यसको निकै खाचो रहेको र हामीले त्यो सुरुवात गरेको समेत बताए ।
यसका साथै पारसले कतारको खेल हेर्दा उनीहरुपनि राम्रो टिम रहेकाले त्यहि अनुसारको रणनिती बनाउने उल्लेख गरे ।

हेरौ पारसले के भने कता