पिच गिलो भएका कारण आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कतार र नेपालवीचको टस १५ मिनेट पछि धकेलिएको छ । आजको खेल नयाँ पिचमा खेलाउने भनिएको भएपनि पिचको अवस्था खेल्न लायक नभएपछि हैजै खेलाइएको पिचमा खेलाउने निर्णयमा अम्पायरको टिम पुगेको छ ।
आज त्यहाँको मौसम पनि बदली हुने बताइएको छ । मौसम विभागका अनुशार एक घण्टापछि पानी पर्नेछ । वर्षाका कारण खेल संचालन हुन नसकेमा दुबै टिम एक एक अंक बाँढ्नु पर्नेछ । नेपाल प्रतियोगिताको दाबेदार टोली हाे । यसअघि हिजो भएको खेलमा कतार सिंगापुरसँग ३३ रनले पराजित भएको थियो ।

यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले युएईमा हुने आइसीसी टि-२० विश्वकपका लागि ग्लोबल क्वालिफायरमा सहभागिताको मौका पाउनेछ ।