मंगलबार, श्रावण ७,
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट उपाधिको प्रमुख दाबेदार नेपालले पहिलो खेलमा कतारको सामना गर्दैछ । नेपालका कप्तान पारस खड्काले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

आजको खेलमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कमब्याक गरेका छन् । यस खेलमा पवन सर्राफ, रोहितकुमार पौडेल र प्रदिप ऐरी बेन्चमा रहेका छन् ।
नेपालको प्लेइङ ११ :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. ललित नारायण राजवंशी
नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको कतारलाई नेपालसँगको खेल जित्नै दबाब छ ।
कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् । कतारले नेपालसँग पहिलो पटक टी२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।