रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य, सोमपालको ३ विकेट 

मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य, सोमपालको ३ विकेट 
59
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

सिंगापुर, ८ साउन । आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाबाट .८४ सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको हो ।

सिंगापुरमा वर्षाका कारण खेल समयमै सुरु हुन नसके पनि ९ ओभरमा झारिएको हो । पहिलो खेलमा कतारसँग पराजित भएको नेपालका लागि आजको खेल गर या मरको अवस्थामा छ ।

नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरेका थिए । पारीको पहिलो बलमै अनवर अरुद्धिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराएका सोमपालले त्यो ओभरको अन्तिम बलमा अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे । दुवैले खाता खोल्न सकेनन् ।

तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरेका थिए । सोमपाललाई लगातार ३ चौक र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए । उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे ।

त्यसअघि सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्धिन राम्लेलाई बोल्ड गरेका थिए । पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोेरमा आउट गरे । ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो ।

आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे । ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal