आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि नेपाली क्रिकेट टिमले भोली कुवेत विरुद्ध खेल्नेछ । जारी प्रतियोगितामा एक जित र एक हार ब्यहोरेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । कतार विरुद्ध चार विकेटले पराजित भएको नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
अब नेपाललाई शिर्ष स्थानमा रहन आफ्ना दुबै खेल जित्नुका साथै मलेसियाले सिंगापुरसँग हार्नुपर्नेछ भने कतार कुवेतसँग पराजित हुनुपर्नेछ । कुवेत विरुद्धको खेल अगाडी नेपाली टिमले करिव एक घण्टा प्रशिक्षण गरेको थियो । जसमा पछिल्लो खेलमा टिममा नरहेका कप्तान पारस खड्का फिट भएका छन र उनले कुवेत विरुद्ध खेल्ने बताएका छन ।

आजपनि पारसले सामान्य ब्याटिङ नक गरेका थिए । ९० प्रतिशत फिट भएका पारसले आफ्नो स्वास्थ्य ठिक हुँदै गएको र भोली टिममा फर्कने र जितका लागि योजना बनाउने बताए । आजको प्रशिक्षणमा लेग स्पिनर सन्दिप लामिछाने भने उपस्थित थिएनन् । उनले आराम गरेको म्यानेजर रमन सिवाकोटीले बताए ।