आईसीसी टी–२० विश्वकपको एसिया छनोटमा नेपाल शीर्ष स्थानमा रहने प्रबल सम्भावना बढेको छ । तर त्यसका लागि नेपालले अब बाँकी खेल्नुपर्ने कुवेत र सिंगापुरविरुद्धको खेलहरु जित्नेपर्ने हुन्छ ।
सिंगापुरको इन्डियन एसोसियशन मैदानमा मलेसिया सिंगापुरसँग र कतार कुवेतसँग हारेपछि नेपालको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको हो ।

सिंगापुरले मलेसियालाई आठ विकेटले हरायो भने कुवेतले कतारलाई १० रनले पाखा लगाएपछि नेपालको शीर्ष स्थानमा पुग्ने बाटो खुलेको हो । शीर्ष स्थानका लागि अब नेपालसँगै सिंगापुर र कुवेत दाबेदार बनेका छन् । तीन खेलबाट २-२ अंक बटुलेका कतार र मलेसियाकाे ग्लाेबल छनाेटमा पुग्ने सम्भावना समाप्त भएकाे छ ।
जसमा नेपालले शनिबार कुवेतसँग खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर रहेको छ ।