काठमाडौं, ११ साउन । यू १९ एसियाकप क्रिकेटका लागि नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । श्रीलंकामा सेप्टेम्बर पाँच तारिख देखि शुरुहुने प्रतियोगिताका लागि नेपाली टिम १० दिन अगाडि जाने छ ।
त्यहाँ अभ्यास गर्ने जनाइएको छ । यू १९ एसियाकपका लागि साउन २० गतेदेखि काठमाडौंमा क्याम्प राख्ने पनि जनाएको छ ।

हालै मलेसियामा भएको एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्दै नेपालले श्रीलंकामा हुने प्रतियोगिता खेल्न लागेको हो ।
काठमाडौंमा केही समय अभ्यास गरेपछि नेपाली टिम भदौ ८ गते त्यता प्रस्थान गर्ने छ । उक्त प्रतियोगितामा टेस्ट राष्ट्रका साथै नेपाल, यूएई र कुवेतले पनि प्रतियोगिता खेल्ने छन् ।