रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

फेरी छिनोफानो अन्तिम खेलमा, नेपाललाई परेको बानी 

  कुवेतलाई नेपालले ७ विकेटले हरायाे, ग्लाेबल छनाेटमा पुग्ने सम्भावना बलियाे
21
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

सिंगापुरमा जारी आइसीसी टी २० विश्वकपमा कुवेतलाई हराएपछि नेपालको शिर्ष स्थानको यात्रा के हुने भन्ने टुंगो एकपटक फेरी अन्तिम खेलमा लाग्ने भएको छ । भाग्य र मेहेनत दुबैलाई एक साथ बोकेर हिड्ने नेपाली टिमले सिंगापुरको भूमीमा कतार विरुद्धको खेल जितेको भए परिस्थिती अर्के हुने थियो ।

तर अब यस्तो भइदियो की सबै क्रिकेट समर्थकका लागि अन्तिम खेल के हुने हो, नेपाल अर्को चरणमा पुग्ला की नपुग्ला भन्ने कौतुहलहरु सुरु भइसकेका छन । नेपाली टिमका मुख्य सदस्य शरद भेषवाकरको भनाई मान्ने हो भने नेपाली टिमलाई यसको बानी परिसकेको छ ।

इतिहास हेर्ने हो भनेपनि नेपाली टिम सहज रुपमा कुनैपनि प्रतियोगिता जितेको छैन । जतिपनि ठुला प्रतियोगितामा सफलता हात पारेको छ, सानो सानो मार्जिनले र अन्तिम समयमा नै हात पारेको छ ।

नेपाली क्रिकेट टिमको भाग्य र अन्तिम खेलको प्रतिक्षाका खेलहरु

आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३

नेपाली टिमको यो क्रम २०१३ मा बर्मुडामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ बाट सुरु भएको थियो । मिराकल इन बर्मुडा उपनाम नै दिन मिल्ने सो प्रतियोगितामा नेपालले सुरुवाती दुई खेल हारेर बाँकि तीन खेल जितेको थियो । तर सुरुवाती दुई खेल हारेपछि उसको डिभिजन २ मा उक्लने अवसर अरु टिमको हातमा पुगेको थियो । आफुले खेल्ने तीन खेलमा भारी अन्तरको जित र अर्को टिम शिर्ष स्थानको अमेरीकालाई हराईदिनुपर्ने अवस्था थियो ।

भनिन्छ, भाग्यको अगाडी केहि पनि लाग्दैन, हुनपनि त्यहि भयो, नेपालले पछिल्ला तीन खेल जित्यो, तर नेपालको जित भन्दापनि बर्मुडा र अमेरीका विचको खेल टिमको भविष्य निर्धारण गर्ने थियो । सो खेल अमेरीकाले जितेको भए नेपाल प्रतियोगिताको शिर्ष दुईमा पुग्ने थिएन । तर बर्मुडाले अमेरीकालाई पाँच विकेटले हराउँदै नेपालको शिर्ष दुईमा पुर्याउने मद्धत गर्यो । सो बेलापनि नेपाली खेलाडीले सम्पुर्ण क्रिकेट प्रेमिलाई आश्चार्यमा पारेका थिए । बर्मुडालेपनि नेपाललाई चाहिने रन रेटमा अमेरीकालाई हराउन सफल भयो ।

२०१३ युएईमा भएको टी-२० विश्वकप छनोट

त्यसपछि नेपालको अर्को प्रतियोगिता हो २०१३ युएईमा भएको टी २० विश्वकप छनोट । सो प्रतियोगितामा पनि नेपाललाई समुह चरण पार गर्न भाग्यले नै साथ दियो भन्दा गलत नहोला । समुह बी मा रहेको नेपालले स्कटल्याण्डलाई एक रनको अन्तरका कारण रनरेटमा पछि पार्दै प्लेअफमा पुगेको थियो ।

नेपाल र स्कटल्याण्डको समान आठ आठ अंक भएपछि एक रन बढि नेपालको भएकाले उसले समुहको सुपर सिक्समा पुग्न सफल भयो । यदि सो बेला नेपालले एक रन कम र स्कटल्याण्डले एक रन बढि हानेको भए नेपालको यात्रा समुह चरणमा नै रोकिथ्यो । दुबै टिमले समान सात खेलमा चार जीत र तीन हार ब्यहोरेका थिए ।

रन रेटमा नेपालको स्कटल्याण्डको भन्दा एक रन बढि भएकाले शुन्य दशमलव ३८० थियो भने स्कटल्याण्डको शुन्य दशमलव ३७९ भएको थियो । यसलाई भन्छन भाग्यले साथ दिएको ।

सोहि प्रतियोगिताको प्लेअफमा पनि नेपालका लागि अर्को कठिनाई थियो । सो बेलापनि हकङकङलाई अन्तिममा हराउँदा नेपालको विश्वकप यात्रा सफल भएको थियो । यस्तै केन्या विरुद्धपनि अन्तिम समयमा जित हात पारेको थियो । जसका कारण नेपालले पहिलो पटक टी २० विश्वकप खेलेको थियो ।

नेपाललाई भाग्यको भर र अन्तिम समयमा जित्ने बाँनी यतिमा सिमित छैन, नामिवियामा २०१८ मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा पनि नेपालले अप्रत्यासित जितका साथ विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो । प्रतियोगितामा ५ खेलमा चारमा जित निकालेको भएपनि नेपालका लागि क्यानडा विरुद्धको खेलले उसको यो प्रतियोगिताबाट माथि जाने की नजाने भन्ने निर्धारण गथ्र्यो । रन रेटमा तल रहेको नेपाललाई क्यानडा विरुद्धको खेल जित्नैपर्ने थियो ।

लिग चरणमा आफ्नो अन्तिम खेलमा नेपाललाई क्यानडा विरुद्ध जितको विकल्प थिएन । यस्तैमा क्यानडाले दिएको एक सय ९४ रनको लक्ष्य नेपालले एक विकेट बाँकि हुँदा पुरा गर्यो । हारको नजिक पुगेर पनि करण केसीको त्यो ऐतिहासिक पारीका कारण नेपाल डिभिजन वनमा उक्लिनुका साथै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

जिम्बावेमा २०१८ विश्वकप छनोट

त्यसपछि अर्को भाग्यको खेल नेपालको विश्वकप छनोटमा पनि रह्यो । जिम्बावेमा २०१८ मार्चमा भएको यो प्रतियोगितामा नेपालले समुह चरण पार गर्न सकेन । समुह चरणमा हङकङलाई मात्र हराउन सकेको नेपालले अरु तीन खेलमा हारको स्वाद चाख्नुपर्यो । समुह चरणमा चौथो स्थानमा रहेर सातौ स्थानका लागि प्लेअफ खेल्दा नेपालको लक्ष्य एकदिवसिय मान्यता हासिल गर्नु थियो ।

जसका लागि पपुवा न्युगिनी, हङकङ र नेपाल विच ठुलो प्रतिस्पर्धा थियो । यो समयमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउनु पर्ने थियो, जुनसुकै हालतमा पनि यता नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्नुपर्ने थियो । हुनपनि त्यस्तै भयो, नेपालले पुपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदा हङकङ नेदरल्याण्डसँग ४४ रनले हार्न पुग्यो । जसका कारण रन रेटमा नेपालले हङकङ र पीएनजीलाई पछि पार्दै चार बर्षका लागि एकदिवसिय मान्यता हासिल गरेको थियो । यदि सो खेलमा हङकङले नेदरल्याण्ड्सलाई हराएको भए परिस्थिती उल्टो हुने थियो ।

यी तर भए नेपालले अन्तराष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्दा भाग्यको साथ र अन्तिममा जित्ने बानीको कुरा । यी बाहेक पनि नेपाली क्रिकेट टिमले विश्व क्रिकेट लिग र एसीसी टी २० कपमा पनि धेरैपटक भाग्यको भर परेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal