वेस्टइण्डिजविरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै कव्जा गरेको छ । गएराति भएको खेलमा डिएल मेथड अनुसार २२ रनले भारत विजयी भएपछि सिरिजमा २–० को अग्रता बनाएको हो । अब तेस्रो तथा अन्तिम टी–२० भोलि हुने छ । टस जितेर पाहुना टोली भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
भारतका लागि रोहित शर्माले ६७ रन बनाउँदा विराट कोहलीले २८ तथा शिखर धवनले २३ रन बनाए । अन्तिममा हार्दिक पण्ड्या र रविन्द्र जडेजाले नट आउट २० र ९ रनको पारि खेल् । वेस्टइण्डिजका ओसाने थोमस र सेल्डन कटरेलले दुई दुई विकेट हात पारे ।

१६८ रनको लक्ष्य लिएर मैदान उत्रिएको वेस्टइण्डिजको खेल पानी परेर रोकिएको थियो । पानी पर्नुअघि वेस्टइण्डिजले १५.३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि पुनः खेल शुरु नभएपछि भारत डिएल मेथड अनुसार २२ रनले विजयी भएको हो । लक्ष्य पछ्याउने क्रममा वेस्टइण्डिजको शुरुआत भने खराब रह्यो ।
तेस्रो ओभरमा दुवै ओपनर व्याट्सम्यान एविन लुईस र सुनील नरायन आउट हुँदा स्कोर वोर्डमा ८ रन बनेको थियो । त्यसपछि रोवमन पावेल र निकोलस पुरनका बीचमा ७६ रनको साझेदारी गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।
पावेलले ५४ तथा पुरनले १९ रनको योगदान गरे । भारतका क्रुणाल पाण्ड्याले एकै ओभरमा पावेल र पुरनलाई आउट गरेपछि वेस्टइण्डिज दवावमा आएको थियो । किरण पोलार्ड र सिमरोन हटमाएर क्रिजमा भएका बेला पानी पर्न शुरु भयो र त्यसपछि खेल शुरु नभएपछि भारत विजयी भयो ।