ग्लोबल टि–२० क्यानडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । टोरन्टोले मोन्ट्रेयल टाइगर्सलाई चार विकेट हराउँदै सन्दिप लामिछानेले एक विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २८ रन दिएर एक विकेट लिए । १६औं ओभरको पहिलो बलमा सन्दिपले म्याथ्यु क्रसलाई एलबीडब्यूको धरापमा पारेका थिए ।
सन्दिपले एक विकेट लिँदा जेरेमी गोर्डोन र सल्मान नजरले भने दुई दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेल टाइगर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।

१३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । टाृेरन्टोका लागि चिराग सुरीले ५२ रनको अर्धशतकीय योगदान दिए । यस्तै क्रिश ग्रिनले अविजित ३० रन बनाए भने हेनरिक क्लासेनले २० रन र रवीन्दरपाल सिंहले १५ रन जोडे ।