अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को बरियतामा नेपाली टिमका कप्तान पारस खड्काले ठुलो छलाङ मारेका छन । उनी टी–२०को अलराउण्ड तर्फ ४१ बाट २५ औं स्थानमा उक्लिएका छन । हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आइसीसीको बरितयामा पनि ठुलो छलाङ मारेका हुन ।
उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन । उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन ।

अलराउण्डमा अर्का खेलाडी साेमपाल कामी ६६ अाैं स्थानमा यथावत रहेका छन । नेपाली खेलाडी याे बरियतामा पुगेकाे अहिलेसम्मकै ठुलाे हाे । यसका साथै शिर्ष ५० मा पुग्ने पारस पहिलाे खेलाडी पनि हुन । यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि िपारेका छन ।
धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।