नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान सहित ५ देशको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ ।
यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्धन्द्धी घरेलु टिम ओमान रहेको छ । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडी हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ ।

५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ । ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेको थियो । तर नेपालले विश्वकप छनोटमा स्थान बनाउन नसकेपछि नेपाल खेल्ने की नखेल्ने भन्ने एकीन थिएन । तर आइसीसीले नेपाललाई खेल्न अनुमती दिएपछि खेल्ने पक्का भएको हो ।
यस्तो छ खेल तालिका