डडेल्धुरा: सुदूरपश्चिमेलीहरुको महान पर्व ओल्केको अवसरमा डडेल्धुरामा खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।
समैजी युवा क्लब अमरगढी–४ सुनेडाको आयोजना तथा अमरगढी नगरपालिका वडा नम्बर ४ को सहयोगमा प्रतियोगिता हुन लागेको हो।

प्रत्येक वर्ष भदौ १ गते सुदुरपश्चिममा मनाइने ओल्के पर्वको अवसरमा यहाँ भलिबलको आयोजना गरिन्छ। भलिबल प्रतियोगितामा सहभागी इच्छुक टिमहरुले साउन २९ गतेभित्र टिम दर्ता गरि सक्नु पर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमशः २१ हजार नगदसहित प्रमाण–पत्र ट्रफी र १३ हजार नगद प्रमाण–पत्र ट्रफी पाउने छन्।
साउन ३० गतेदेखि ३२ गतेसम्म संचालन हुने प्रतियोगितका खेलहरु असिग्राम आधारभूत विद्यालय अमरगढी–४ सुनेडाको प्राङ्गणमा खेलाइने छ।