आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायाे । १५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो ।
क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाउँदा रबडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसि ४२ रनमा आउट हुँदा एन्ड्ले फेलुकवायाेले ३८ रन जोडेका थिए । बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।
