यी दुई टिम पहिलो संस्करणमा सामूहिक विजेता भएका थिए । दोस्रो संस्करणमा एपीएफले उपाध जितेको थियो । पहिलो संस्करणमा पुलिस र आर्मीले ट्रफी नै साझा गरेका थिए ।
आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो भने पुलिसले दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो संस्करणमा उपाधि बाँडेका दुवै टोली यस पटक स्पष्ट जितसहित उपाधि जित्न चाहन्छ र नगद २० लाख आफ्नो बनाउने योजनामा रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा उपविजेताले पनि १० लाख हात पार्नेछ ।
खेल शनिबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ