एकेन्द्र महता, अछाम
साँफेबगर नगरपालिका १४ पातलकोटको खप्तड सामुदायिक वन र चौरपाटि गाउँपालिका ६ दुनिको पाटा सामुदायिक बनको सिमा विवाद समाधानको पुर्ण बैठक सम्पन्न भएको छ । पुर्खौ देखि सिमा बिबाद रहि आएको सिमा बिबाद रहेको उक्त दुई वन बिच द्वन्द रुपान्तरण प्रक्रियाद्वारा बिबाद मिलेको छ । उक्त दुई बनको बिबाद मिलाउन प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सहजीकरण गरेको थियो ।
बिबाद मिलाउन १४ जनाको माकुरा समुह गठन गरिएको थियो । माकुरा समुहका अध्यक्ष कृष्ण बहादुर बोहराको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुड्थापा रहनु भएको थियो ।कार्यक्रममा बोल्दै साँफेनगर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिती संयोजक बिर्मला बुड्थापाले सानो कुरामा पनि विवाद गर्न नहुने बताउनु भयो ।
उहाँले आफू न्यायीक समितिको संयोजक भएको हैसियतले पनि न्यायीक समितिमा आएका निवेदनहरुको सबैलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बिबादित दुबै पक्षले एकै ठाँउमा आएर विवाद रुपान्तरण गर्नु पर्ने सुझाव दिनु भयो । बैठकमा बोल्दै चौरपाटि गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक माया कुँवरले समाजमा हुने सानातिना बिबादहरुलाई ठुलो नबनाएर समाजमै मिलाउनु पर्ने बताउनु भयो ।
उहाँले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रले सिमा लगाएत विभिन्न क्षेत्रमा खेलेको भुमिकाको गाउँपालिकाले उचित मुल्यांकन गरेको बताउनु भयो । उहाँले गाउँपालिकाको न्यायीक समितिमा आएका विवाद र निवेदनहरुलाई उचित न्यायका साथ मिलाउन आफू सधैं तयार रहेको बताउनु भयो । बैठकमा बोल्दै साँफेबगर नगरपालिका १४ पातालकोटका अध्यक्ष कर्ण बहादुर साउँदले दुबै बनका उपभोक्ताहरुका कामहरु संगै हुने भएकाले विवादमा कसैले पनि लाग्न नहुने बताउनु भयो ।
बैठकमा चौरपाटि गाउँपालिका ६ दुनिका अध्यक्ष मने साउँदले समाजमा हुने सानातिना विवादहरु लामो समयसम्म रहँदा भबिस्यमा ठुलो रूप लिने भएकाले समयमै विवादको समाधान गर्नु पर्ने बताउनु भएको छ । उहाँले लामो समय देखि रहेको बिबाद समाधान भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा यस्ता विवादहरु हुन नदिन सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।
बैठकमा बोल्दै प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत ब्यक्ति टंक बहादुर भण्डारीले सबैको सहयोगले दुई बनको सिमा विवाद समाधान भएको बताउनु भयो । उहाँले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले बिगत देखि बिबादित सिमा विवाद लगाएतका विभिन्न बिबादहरु समाधान गर्दै आएको बताउनु भएको छ । उहाँले यसरी फाटेका मनहरुलाई जोड्न सबैको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
यस्तै बैठकमा पत्रकार एकेन्द्र महता, इलाका बन कार्यालय चौखुट्टेका पुर्ण प्रसाद जैशी, खप्तड सामुदायिक बनका अध्यक्ष लाल बहादुर बोहरा, लालिगुरास सामुदायिक बनका अध्यक्ष जैसु साउद, नेपाली काङ्ग्रेसका नेकपा नन्द सिंह आउजी, वीर बहादुर बोहरा, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका पार्बती खत्री लगाएतले मन्तव्य राख्नु भएको थियो । माकुरा समुहका सदस्य स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन हिक्मत बोहराले गर्नु भएको थियो ।