लु १ ज ७१६६ जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको हो।जिप नदीमा डुबेको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौर कामी, उनका दुई वर्षीय छोरा गोकुल सुनार छन् । अर्का एक मृतकको सनाखत हुन सकेको छैन ।
घटनास्थलमा सेना र प्रहरीले उद्दार गरिरहेका छन् । याञ्चु प्रहरी चौकीका इञ्चार्ज सन्तबहादुर ओलीका अनुसार घटना मध्याह्न साढे १२ बजे भए पनि सूचना ढिला आएकाले उद्धारमा ढिलाइ भएको हो ।

सेना र प्रहरी टोली घटनास्थलमा खटिए पनि गोताखोर नहुँदा उद्धारमा समस्या भइरहेको स्थानीय पत्रकार राजन रावतले जानकारी दिए । निर्माणाधीन सडकका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ ।