हरिशचन्द्र विश्वकर्मा मंगलसेन अछाम
अछाम बहुमुखि क्याम्पसको ८ कोठे भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलसेन नगपालिकाको

आर्थिक तथा प्राविधिक सहयोगमा निमार्णाधिन भवनको नीर्माण कार्य सकीन लागेको हो ।
नगरपालिकाको १ करोड ३६ लाखको लागतमा निर्माणधिन ८ कोठे भवनकोे काम करिब ९० प्रतिशत सम्पन्न भईसकेको क्याम्पस प्रशासनले जनाएको छ । अहिले उक्त भवनमा झ्याल, ढोका लगाउने तथा रङरोगन लगाउने कार्य भैइरहेको क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
नगरपालिकाको समन्वयमा काम गरिरहनु भएका ठेकेदार जय बहादुर सुनारले यो असाढभित्रै भवन क्याम्पसलाई हस्तान्तरण गर्ने बतानुुभएको छ । नयाँ डीजाईनमा बनेको भवनका कारण क्याम्पसको मुहार नै फेरिएपछि विद्यार्थी पनि उत्साहीत भएका छन ।
यस्तै प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको भवन तथा घेरा पर्खाल निर्माण कार्य पनि तिब्र रुपमा भैरहेको छ । ५० लाखको लागतमा निर्माणधिन ४ कोठे भवनको जग हाल्ने तथा ढलानको कार्य भईरहेको क्याम्पस प्रमुख बिष्टले बताउनुभयो ।
सांसद क्षेत्र विकास कोष मार्फत अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित यज्ञ बहादुर बोगटीद्धारा ३० लाखको लागतमा २ कोठे भवन तथा घेरा पर्खाल निर्माण कार्य भईरहेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा यस वर्षदेखि स्नातकोत्तर सम्मको पढाई समेत भईरहेको छ । अछाम जिल्लाको सवैभन्दा पुरानो यस क्याम्पसमा अहिले करिब ८ सय जना बिद्यार्थि अध्यनरत छन ।