उनका अनुसार काठमाडौंबाट गोताखोरको टोली लिएर गएको हेलिकोप्टर केहिबेरमा घट्नास्थल पुग्दैछ। मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंलबार दिउँसो कर्णाली नदीमा खसेको हो। जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन्।
