लुगा सुकाउने क्रममा घरको छतबाट खस्दा मलङ्गवा नगरपालिका ३ का राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनु भयो ।
दुई तले घरको छतबाट खसेर गम्भीर घाइते बनेकी गुप्ताको सर्लाही अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक युवती माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका थिइन्।
