पबित्रा खड्का अछाम
मंगलसैन नगरपालिका–१ ढुंगानी स्थित जाल्पादेबी प्राबिमा शिक्षकको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयमा ९ वर्ष सेवा गरि अवकास भएका शिक्षक भोजराज भाटको बिदाई गरिएको हो भने नव नियुक्त शिक्षकको स्वागत गरिएको हो ।
बिब्यस अध्यक्ष थापा सहित कार्यक्रमका प्रमुख अतिथी पूर्व वडा अध्यक्ष प्रसादे साउद, बिद्यालयका प्रधानाध्यापक काशिराम उपाध्याय लगायतले बिदाई भएर जाने शिक्षक र नयाँ आँउनुभएका बिक्षकलाई फुलमाला, अबिर र ढाँकाटोपिले बिदाई तथा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बिब्यस सदस्य मानसिंह जयगडी, अभिभावक बलबहादुर थापा लगायतले बोल्नुभएको थियो । उपलब्ध बिब्यस पदाधिकारी, शिक्षक, अभिभावक र बिद्यार्थिको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक बलबहादुर थापाले गर्नुभएको थियो ।