धनराज साउँद
अछामको प्रमुख व्यापारी केन्द्र जयगढ बजारमा खानेपानीको हाँहाकार भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारमा साता दिन बढि देखी खानेपानीको हाँहाकार भएको हो । जयगढ बजारमा खानेपानीको व्यवस्थापनका लागी बिस्तार गरिएका दुई वटै खानेपानी योजनाको पाईप लाईन अवरुद्ध भएका छन ।

सिलामुल जयगढ खानेपानी योजना र छातासैन जयगढ खानेपानी योजनाको पाईप लाईन अवरुद्ध हुदा हाल जयगढ बजारबासी घण्टौ हिनेर पानी ल्याउन बाध्य भईरहेका छन । खानेपानी अवरुद्ध भएसँगै जयगढ बजारबासी व्यापारी तथा स्थानिय सर्वसाधारण गाउँपालिकाको वडा नम्बर २ जनालीकोटमा रहेको मार्सेधारा, लामागाउँ,सुकिबाग लगायतका ठाउँबाट खानेपानी ल्याउन बाध्य भईरहेका छन ।
जयगढ बजारमा खानेपानीको हाँहाकार भएसँगै बिद्यार्थीको पठन पाठनमा समेत बाधा पुगेको छ । सरस्वती माद्यामिक बिद्यालय जयगढका प्रधानाध्यापक झपटसिँह रावलले खानेपानीका लागी टाढा जानुपर्ने भएकाले बिद्यार्थीको नियमित पठन पाठनमा निकै बाधा पुग्दै आएको बताउनुभयो ।
JHAPAT SING THAKULLA VOICE
जयगढ रोड बजारमा होटल व्यवसाय सँचालन गर्दै आएका झप्पर ठकुल्लाले खानेपानीको समस्याका कारण व्यवसाय सँचालन गर्न समस्या भएको गुनासो गर्नु भएको छ ।
JHAPPAR THAKULLA VOICE
बान्नीगढी जयगढ गाउँँपालिका वडा नम्बर ४ का टेक बहादुर ठकुल्ला भने खानेपानीको हाँहाकार हुनुमा गाउँपालिकाको कमजोरी रहेको बताउनु भएको छ । ४० लाखको योजना निर्माण भईसके पश्चात नियमित रुपमा सँचालनका लागी गाउँपालिकाले आवश्यक व्यवस्थापनमा ध्यान दिन नसेको उहाको भनाई छ ।
TEK BAHADUR THAKULLA VOICE
गाउँपालिका उपाध्यक्ष लोब बहादुर साउँदले भने खानेपानी लाईन बिस्तार गरिएको ठाउँमा सडक निर्माणको काम भईरहेका कारण खानेपानी नियमित हुन नसकेको बताउनु भएको छ ।
४० लाखको लागतमा निर्माण गरिएको सिलामुल जयगढ खानेपानी योजनाको काममा स्टमेट अनुसारको काम नभएका कारण पनि पानी अनियमित बन्न पुगेको उहाले खुलासा गर्नु भएको छ । स्टमेट अनुसार सिलामुल जयगढ खानेपानी योजनाको काम नभएको बताउनु भएका उपाध्यक्ष साउँदले खानेपानी नियमित रुपमा सँचालन हुने दावी गर्नुभएको छ ।
KURAKANI LOKAHADUR SAUD