फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका भाइ मिठुलाल चौधरीले बताए । चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गरेका थिए । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले बताए ।
चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो ।

उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका थिए । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।