बैतडीमा करेन्ट लागेर वनमा चराउन लगेका गाईगोरु मरेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर वनमा चरिरहेका तीन गोरु र एक गाई मरेको स्थानीय प्रकाश विष्टले जानकारी दिए।
गाउँपालिकाको बोटेस्वर सामुदायिक वनमा चरिरहेका रामकीबरायलका धोज बहादुर बिष्टका २ गोरु, राजेश बिष्टको एक गोरु र धन बहादुर बिष्टको एक गाई मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले पनि पुष्टि गरेको छ।
शनिबार दिउँसो थ्रि फेज विद्युत लाईनको खसेर प्रवाह भएको करेन्ट लागेर गाईगोरु मरेको प्रहरीले जनाएको छ।

