३० वर्षीया सीता राईले मरुवा बस्ने लक्ष्मीको चक्कु प्रहार गरेर हत्या गरेकी हुन् । सीतालाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राऊ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो सिताले आफ्नी सौता रहेकि लक्ष्मीलाई घरमा पाहुना बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रेटेर मारेको प्रहरीले जनाएको छ ।

श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टिएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा सिता बस्दै आएकी थिइन् । सीताले आफ्नी सौता लक्ष्मी लाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपित सीतालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।
प्रहरीका अनुसार प्रधान राईले ९ महिना अघिमात्रै जेठीमाथि सौता हालेका थिए । सीतातर्फ एक छोरी र एक छोरा छन् ।