बोका बितरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले कृषकलाई बोकाहरुको हेरसम्भार र सदुपयोग गर्न आग्रह गर्नु भएको छ । बाख्राको नश्ल तथा जातीय गुण परिबर्तन गर्न ७ जना कृषकलाई बोयर बोका बितरण गरिएको गाउँपालिकाले जनाएको छ । बोका बितरण सँगै गाउँपालिका क्षेत्रमा मासु तथा मासुजन्य पदार्थको सहज आपुर्ती हुने अपेक्षा गरिएको छ ।
बोका पाउनेमा गाउँपालिकाको वडा नम्बर १ का बिशाल खड्का,वडा नम्बर २ का गणेश साउँद,वडा नम्बर ३ का बल बहादुर साउँद, वडा नम्बर ४ का ललित आउजी,वडा नम्बर ५ का बलेन्द्र रावल,वडा नम्बर ६ का गगन लुहार र जयगढ बजार क्षेत्रका केवलसिँह साउँद रहेका छन ।
