साउन २७, बाजुरा
बाजुरामा बालकको शव भेटिएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ को मौरेमा बालकको श’व भेटिएको प्रहरीले जनाएको छ।
अन्दाजी अढाई वर्षको श’व भेटिएपनि पहिचान खुल्न सकेको छैन्। सोमबार बुढीगंगा नदीमा आएको बाढीले बगाएर ल्याएको भएपनि श’वको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराईले बालक हराएको खबर अहिले सम्म प्राप्त नभएको बताउनुभयाे ।
उहाँले कालगतीले मरेर गाढेको बालकको श’व नदीले बगाएको हुनसक्ने आशंका भएपनि अनुसन्धान भईरहेको जानकारी दिनुभयाे।