रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

एक्काइसौं शताब्दीमा पनि जातीयताका कुरा समाज कता जाँदै छ : सागर परियार

सीप चल्ने सहयोग चल्ने रगत चल्ने पानी नचल्ने यो कस्तो अचम्म।

एक्काइसौं शताब्दीमा पनि जातीयताका कुरा समाज कता जाँदै छ : सागर परियार
319
SHARES
335
VIEWS
Share on FacebookShare on Twitter

सागर परियार 

हामी हरेक दिन परिबर्तन, बिकास, र नया युगको कुरा गर्छौ! यो समयको माग हो, समय संगै परिवर्तनशिल हुनु यथार्थ पनि हो। तर हामी आज पनि यस्तो सोच लिएर अगाडि बढी रहेका छौ, जहाँ बुद्धि बिवेक र क्षमताको आधारमा होइन जातको आधारमा मानिस लाई छुटाइन्छ।

देशमा थुप्रै परिवर्तन भए, संविधान आयो, कानुन आयो, र आए थुप्रै परिवर्तनका कुरा र आए जातीय छुवाछूत अन्त्यका कुरा, संविधानमा लेखेको कुरा संविधानमै सिमित छ। यस्तो सोचे यो समाजका मान्छेले संविधानको कुरा यसैमा सिमित राखौ! जति सकिन्छ जातीयताको आधारमा दलित बर्ग लाई बेलाबेला प्रहार गरि रहौ।

जातको कुराले यो समाज यति अन्धो भयो कि, ठुलो जात भनेर चिनिने बर्गले आफू संग नभएका कुराहरू अरु संग, छिमेकी साथी भाइ संग मागेर काम चलाउदा पैचोको रुपमा सोच्ने र तेहि अभावका कुरा साटासाट दलित समुदायका ब्याक्तिले गर्दा मागी खाने जात भनेर परिचित बनायो।

बेलाबेला प्रश्न उठ्ने गर्छ! जातीय बिबेध माथी, जातीय बिबेध लाई लिएर थुप्रै हत्या, हिंसा, र प्रहार भएको इतिहास साची छ। समाज अशिक्षित भयो भनौ भने कदापि सहि हुदैन, किनकी हरेक कुराबाट समाज परिवर्तन र शिक्षित भैसकेको छ।
मानिसमा एउटा फरक सोच नै बनिसकेको छ कि, उनीहरु बुझेर पनि नबुझे झै गर्छन।

बेलाबेला बोक्सीको आरोपमा, मन्दिर छोएको आरोपमा, र धारा अनि कुवा छोएको आरोपमा दलित समुदाय माथी प्रहार हुनु एकदमै दु:खद कुरा हो। सरकार सुखी नेपालीको कुरा गर्छ, जबसम्म यस्ता कुराहरु बाट समाज माथी उठदैन के यो सम्भब छ? कदापि छैन।

कुनै एउटा ब्याक्ति आफ्नो मेहनत र दुखले लामो समयमा एउटा नाम बनाउछ ,तब उसैमाथी जात र बर्गको कुरा गरि प्रहार गरिन्छ र उसैलाई बदनाम र गिराउन खोज्छन् यहि समाजका मान्छेहरू! सकिन्छ राम्रो भनौ, सकिदैन राम्रो लाई पनि नराम्रो नभनिदिउन।

सीप चल्ने, सहयोग चल्ने, रगत चल्ने तर पानी नचल्ने यो कस्तो अचम्म? समय संगै परिवर्तन हुन जरुरी छ एकले अर्को लाई भेदभावको दृस्ठिकोणले होइन, सकारात्मक दृस्ठिकोण बाट हेर्न जरुरी छ।

सरकार लगायत सम्बन्धित निकायले गम्भीर रुपमा सोच्ने बेला आएको छ। अब छुवाछूत मुक्त समाज कागजमा मात्र होइन, व्यबहारमा कसरी ल्याउन सकिन्छ। यो सम्बन्धि नियम कानुन र सोच परिवर्तनको लागि जनचेतना अझै प्रभावकारी ढंग बाट गर्न सके परिवर्तन सम्भब छ।

अन्तमा:- यो समाजमा थुप्रै महान सोच र उच्च बिचार भएका ब्यक्तिहरु हुनु हुन्छ। उहाले छुवाछूत अन्त्यको लागि महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ। केही ब्यक्तिहरुमा यो सोच छ जुन परिवर्तन हुन जरुरी छ।
( सबैलाई सम्मान छ परिवर्तन हाम्रै पालामा? Nayanepaltimes bata copy

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal