होम साउद, अछाम ९ असार
जिल्लाको तुर्माखाँद गाउँपालिकामा २ दिने प्रजनन स्वास्थ्य, निशुल्क जाँच तथा उपचार शिविर सुरु भएको छ । स्वास्थय कार्यालय अछामको आयोजनामा सञ्चालन भएको शिविरमा सोमबार आज १९३ जनाले स्वास्थ्य सेवा लिएका हुन ।

शिवीरमा एचआईभी तथा यौनरोगको उपचार, प्रजनन स्वास्थ्य, पाठेघर तथा परिवार नियोजन सेवा प्रदान गरिएको त्यहाँ रहनुभएका स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपरभाईजर अधिकृत भवान सिंह कुवरले जानकारी दिनुभयो ।
शिविरमा पहिलो दिन परिवार नियोजन सेवा ३ जना, पाठेघरको क्यान्सर जाँच २६ जना, भीडियो एक्सरे सेवा ३० जना, प्रयोगशाला सेवा १५ जना र बिरामी जाँच सेवा ११९ जनाले लिएको कुवरले जानकारी दिनुभयो ।
सोही शिविर बिभिन्न मितिमा जिल्लाको ढकारी, मुजाबगर, मेल्लेख र देविस्थानमा पनि सञ्चालन हुने जनाईएको छ ।