असार ९ अछाम : २२ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता भएको पक्की चित्रे पुल ७ वर्ष सम्म पनि सम्पन्न हुन सकेको छैन । २०७० साल भदौमा अनक नन्देगडा तुलसी जेभिसंग सम्झौता भई २०७२ साल असारमा पुल बनाइसक्ने सम्झौता भए पनि अझ सम्म पनि पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन ।
स्थानीय नन्देगडा तुल्सी दुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्की पुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने भनिएको थियो । अहिले सम्म ४ करोड ५० लाख रुपैयाँ भूक्तानि भईसकेको छ ।

यस अघि सम्झौता गर्दा केही कुरा स्टमेटमा उल्लेख नभएका कारण पुल निर्माण ढिलाई भएको निर्माण कम्पनीले दावि गर्दै आएको थियो । अहिले अनक तुलसी जेभिले नन्देगडा कन्ट्राक्सनलाई जिम्मा दिदा ढिलाई भएको र अहिले आफैले काम गर्न सुरु गरेको अनक कन्ट्राक्सनका प्रतिनीधि राम न्यौपानेले जानकारी दिनु भयो ।
पुलको जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवरको संयोजकत्वमा गएको एक टोलीले अनुगमन निरिक्षण गरेको छ । पटक पटक ताकेता गर्दा पनि ठेकेदारको सुस्त कामले पुलको काम पूरा हुन नसकेको उहाँले बताउनु भएको छ ।
अहिले अनक तुलसी जेभिले आफैले काम गर्न सुरु लागे पछी आगामी आर्थिक बर्ष २०७६÷७७ को असार मसान्त सम्म काम सकिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले सो अवधिमा पनि काम सम्पन्न गर्न नसकेमा ठेक्काको नियम अनुसार कारबाही हुने पनि बताउनु भयो ।
अनुगमन निरिक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी नायव उपरिक्षक जनक बहादुर शाही, पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख जंग बहादुर थापा लगाएतका सरोकारवालाको सहभागिता रहेको थियो । यस्तै टोलीले निर्माणाधिन बुढीगंगा जल बिद्युत आयोजनाको पनि अनुगमन निरिक्षण गरेको छ । Radio janaprya bata