रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

विप्लव समूहद्वारा अछामका २ ओटा वडा कार्यलयमा आगजनी

विप्लव समूहद्वारा अछामका २ ओटा वडा कार्यलयमा आगजनी
339
SHARES
431
VIEWS
Share on FacebookShare on Twitter

ध्रुव बीसी ,अछाम

विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए ।

उता ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको खबर छ । तर ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

दुबै घटनामा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख निरक शाही लगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनको समूहलाई तत्काल पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

डीएसपी शाहीका अनुसार आगजनीपछि उनीहरुलाई पक्राउ गर्न सम्भावित ठाउँमा ठुलो संख्यामा प्रहरी खटाइएको छ । तर विप्लव समूहका जनसरकार प्रमुख निरक शाहीले भने घटनाबारे खुल्न मानेनन् । उनले आगजनी जनताले गरेको हुनसक्ने भन्दै यसबारे अहिले नै केही भन्न नसकिने बताए । Nayapatrika bata copy

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal