अछाम : मंगलसैन नगरपालिकाको तेस्रो नगरसभा आजबाट सुरु भएको छ । नगर प्रमुख पदम बोहोरा को अध्यक्षतामा भयको नगरसभाको जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुवरले उदघाटन गर्नुभएको थियो ।
नगरसभाको उदघाटन गर्दै कुवरले नगरले आवश्यकताको ठाउँमा बजेट बिनियोजित गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानी, सरसफाइ, बिद्धुत र शिक्षा तर्फ नगर को बिशेष ध्यान जानुपर्नेउहाँको भनाई थियो ।

नगर सभा को नीति तथा कार्यक्रम नगर प्रमुख पदम बहादुर बोहराले प्रस्तुत गर्नुभएको थियो । निति तथा कार्यक्रम प्रस्तुत गर्दै बोहराले नगरभीत्र सडकको कालोपत्रे तथा स्तरउन्नति गर्ने, सौर्य सडक बत्तीको ब्यावस्थापन गरिने, प्रर्यटन बिकासको लागी दीर्घकालीन गुरु योजना निर्माण गर्ने
, स्वास्थ संस्थाको पूर्बाधार निर्माण गर्दै युवा लक्षित कार्यक्रमलाइ रोजगार संग जोडेर अघि बढने बताँउनुभयो । नीति तथा कार्यक्रममा स्मार्ट सिटिका लागी आधारभुत पूर्बाधार तयार गर्ने लगायतका बिषयलाई प्राथमिकता दिईएको समेत जानकारी गराँउनुभएको थियो ।