एकेन्द्र महता अछाम
किशोरी सशक्तीकरण परियोजनाको परिचयात्मक कार्यक्रम साफेबगरमा सम्पन्न भएको थियो । सम बिकास नेपालको आयोजनामा भएको नेपाली जुटौ बाल बिबाह रोकौ भन्ने मुल नाराका साथ भएको थियो ।

कार्यक्रम मार्फत बाल विवाह विरुद्धको अभियान संचालन गर्ने, लैङ्गिक समानता तालिम, सरोकारवालासंग सम्पर्क समन्वय गरिने जनाइएको छ । सम बिकास नेपालका अध्यक्ष पवन गिरिको अध्यक्षतामा भएको परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवर रहनु भएको थियो ।
यस्तै कार्यक्रम अन्य अतिथिहरुमा नेकपाका जिल्ला कमिटी सदस्य प्रकाश शाह, साफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुड्थापा, साफेबगर नगरपलिका ३ का अध्यक्ष कृष्ण बहादुर बुढा, ५ का अध्यक्ष उजिर सि साउद, ७ का अध्यक्ष मिठ्ठु सि भाट, ९ का अध्यक्ष धुर्ब बहादुर थापा, ११ का अध्यक्ष गणेश बहादुर खड्का,
१२ का अध्यक्ष प्रकाश राना, साफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरत बहादुर खड्का, ईलाका प्रहरी कार्यालयका प्रमानन्द जोशी, सशस्त्र प्रहरी बल ४९ गुल्मका भुवन केसि, वाक नेपालका सचिब ललित बोगटी लगाएतको सहभागीता रहेको थियो ।
सम बिकास नेपालका कार्यकारी निर्देशक पशुपति कुवरले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । परिचयात्मक कार्यक्रमको संचालन सम बिकास नेपालका सचिब दुधकला बिष्टले गर्नु भएको थियो ।