भानु ढकाल अछाम
हिजो सार्बजनिक गरिएको एसईई परिक्षाको नतिजामा सामुदायीक बिद्यालय निजि बिद्यालयको तुलनामा कमजोर देखिएका छन ।मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखीए पनि सामुदायीक बिद्यालयको अबस्थामा भने सन्तोषजनक प्रगति नभएको देखिएको हो ।

यसैबिच अछाम जिल्लामा पनि यो बर्ष गत बर्षको भन्दा एस ईई नतिजामा केही सुधार देखिए पनि अपेक्षा अनुसारको नतिजा नआएको अभिभावकहरुले बताएका छन ।जिल्लाका सामुदायीक बिद्यालयहरुबाट परिक्षा दिएका अधिकांश परिक्षार्थीहरु गणित बिषयमा अनुर्तिण भएका छन ।
बिषयगत शिक्षक , अभिभाबक र बिद्यार्थीहरुको लापरबाहीको कारण नतिजा सन्तोषजनक नआएको बौद्धिक बर्गको ठम्म्याई रहेको छ । यस्तै सरस्वति माद्यामीक बिद्यालय जयगढमा पनि यो बर्ष गत बर्षको भन्दा सन्तोषजनक नतिजा आएको छ ।
बिद्यालयका प्रधानाध्यापक झपट बहादुर रावलले रेडियो बान्निगढीसंग कुराकानि गर्दै पोहोरको भन्दा यसबर्ष सन्तोषजनक नतिजा देखिएको बताउनुभएको हो ।
समग्रमा नतिजा सन्तोज जनक भए पनि गणित बिषयको नतिजा भने नाजुक देखिएको उहाँले उल्लेख गर्नुभयो । यसैबिच आज हामीले बिद्यालयको नतिजाको बिषयमा सरस्वति माद्यामीक बिद्यालय जयगढका प्रधानाध्यापक झपट बहादुर रावलसंग कुराकानि गरेका छौँ ।
सुनौँ यो कुराकानि ।