हरिशचन्द्र विश्वकर्मा असार १४ अछाम
स्वर्गीय नेता मदन भण्डारीको ६८औं जन्म जयन्तिको अवसरमा “नेपाल कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण र मदन भण्डारीको भुमिका“ बिचार गोष्ठी आज मंगलसेनमा सम्पन्न भएको छ । मदन भण्डरी फाउन्डेसन जिल्ला कमिटिले कार्यक्रम सम्पन्न गरेको हो ।

फाउन्डेसनका जिल्ला अध्यक्ष कटकबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभाषद भरत साउद प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथितिको आशनबाट बोल्दै उहाँले जनताका लागि गाउँगाउमा गएर काम गर्नुपर्ने धारणाका कारण मदन भण्डारी बिचाहरुको कोणात्मक दृष्टीको तारो बनेको बताउनुभयो ।
उहाँले नेता भण्डारीले उच्च विचारका कारण लोकप्रियता कमाएको बताउनुभयो । सुखी नेपाली सम्बृद नेपालको नारा सफल पार्न उहाको बिचारको अनुसरण गर्नुपर्ने बताउनुभयो । मदन भण्डारीको जनचाहानालाई आत्मसाथ गर्दै सबैलाई एकजुट भएर अगाडि बढ्न उहाँको आग्रह थियो ।
कार्यक्रममा अथितीहरु पुर्व सभाषद भैरे कामी, जिल्ला समन्वय समिती उप प्रमुख टोप बहादुर रावल, नेकपाका भिम जनाला, नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिव नम बहादुर शाही, मंगलसेन नगरपालिकाका नगर प्रमुख प्रमुख पदम बहादुरबोहरा, उपप्रमुख सरिता उपाध्याय, फाउन्डेसनका सुदुरपक्षिम प्रदेश कमिटी सचिब कृष्ण प्रसाद जैशी, सदस्य मना अधिकारी, निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका सर्प रिमाल, नेपाल प्रध्यापक संघका धु्रव शाही, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगाना, नेकपाका जिल्ला सदस्य चन्द्र बोहरा, सदस्य नमराज न्यौपाने, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला सदस्य लक्षिराम भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन लक्ष्मी सोबले गर्नु भएको थियो ।