अछाम । नेपाली बजारमा विभिन्न गितहरु सार्वजनिक भएसंगै बिगत लामो समय देखि नेपालि गीतसंगीत तथा डेउडा क्षेत्रमा निरन्तर यात्रा गरिरहेका लोक डेउडा गायक,सर्जक तथा संचारकर्मी नरेन्द्र रावल र उनका भाउजू नव गायिका राधा रावल को नयाँ गीत”भईन जीवन साथी”सार्वजनिक भएको छ ।
नव गायिका राधा रावलको शब्द तथा नरेन्द्र रावल, राधा रावलको संगीतमा नरेन्द्र रावल र नव गायिका राधा रावलको आवाजमा रहेको छ ।
गितमा मायाँ प्रेमको भाबसंगै मिलन र बिछोडको बारेमा चर्चा गरिएको छ । गायक रावलका बिगतका दर्जनौ लोक देउडा गीतहरु जस्तै यो गितले पनि चर्चा बटुली रहेको छ । मुख्य गरि गायक रावलका गौड्या भेट, सुदुरपश्चिम ढक मक्क, चाइदैन सुनको महल, सिरानीमा आँसु लगायतका गीतहरु निकै चर्चामा रहेका छन ।
उनले नेपाली बजारमा लोक देउडा गितहरुमा छुट्टै पहिचान बनाएको विभिन्न दर्शकहरुले बताएका छन । यो गीतमा डोट्याल बड्डो सुरेन्द्र संगमको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अछामी भाषाको पहिलो कथानक चलचित्र नौलो पाईलाका नायक मकर रावल, धिरेन्द्र चंन्द सोडारी र लोक पृर्य मोडेल निशा रावलको अभिनय रहेको छ । अनुप बिकले छायांकन गरेको म्युजिक भिडियोलाई अमित बिकले सम्पादन गरेका हुन् ।
कुशुम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितमा एरेन्ज बिनोद बाजुरेलीको रहेको छ । श्रीराम फिल्मसमा दृष्य निर्माण भएको यो म्युजिक भिडियो गायक नरेन्द्र रावलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।