ए जिन्दगी
त यति चाडो नबढी दिएकोमा हुन्थ्यो।
त बढे सङ्गै सबैभन्दा सुन्दर त्यो बालापन टाढियो
ती पुराना लुकामारी खेल्ने साथी टाढिए। देखेका सपनाहरु चाहनाहरु त्यतै कतै छाडिए।
ए जिन्दगी
त यति चाडो नबढिदिएको भए हुन्थ्यो।
खेलौनाको लागि मरिहत्ते गर्ने यो ज्यान अचेल आफै खेलौना भएर पैसाको लागि मरिहत्ते गर्ने भयो।
त बढे सङ्गै
मेरि आमाको त्यो न्यानो काख मेरो लागि दिनानुदिन साधुरिदै गयो। त बढे सङै हट घोडा हट भन्दै उफृएको मेरा बाको ढाड आज आफैलाइ बोक्न नसक्ने भयो ।
ए जिन्दगी
त बढे सङ्गै तनाबहरु बढ्दै गए।
नामका मात्र सम्बन्धहरु बढ्दै गए जिम्मेवारिका अनगिन्ती पहाडहरु थपिदै गए।झोलुङ्गेमा झुलिदा रमाउने त्यो सानो मान्छे चुलिएको पहाड जस्तो अप्ठ्यारा परिस्थिति सङ्ग झुल्दै छ।
२३ चक्कर लगाइसकेछ पृथ्वीले सुर्यको ओरिपरी म जन्मेको दिनदेखी, बाल्यकालमा ती सम्झिदै प्रफुल्लित हुने सम्झना बेलाबेलामा आइपरेका उराठलाग्दा अनि हत्तोत्साहित बनाउन उद्दत प्रहरहरु अनि साथिभाइ सङ्गका रमाइला पलहरुको र केही उपलब्धिको पोको बोकेर आइपुगेको छु यहासम्म ।
कति कुरा अभावमा कटाइयो, कतिपल्ट लडियो, कतिपल्ट उठियो, कतिपल्ट पराइले घात गरे, कतिपल्ट आफ्नै ले पछारिदिए अनि कति गल्ती गरिए तर सबैले सिकाए केही न केही।मलाई सन्सारमा ल्याउने मेरि आमा अनि मलाई सन्सार चिनाउने बाबा मेरा लागि भगवान सरह हुनुहुन्छ।मेरा हरेक सुख दुखका क्षेणमा साथ दिने केही थान साथिहरु कमाएको छु सायद यहि मेरो जिवन सम्मको कमाइ हुनसक्छ।केहिका लागि बिश्वास गर्न योग्य बनेको छु सायद यहि नै मेरो जिवनको उपलब्धि हुन सक्छ।आजसम्म समाज र देशका लागि खास्सै केही गर्न सकेको छैन। तर हिम्मत हारेको छैन। देशको लागि एक असल नागरिक अनि मम्मी डेडिको लागि गर्व गर्न लाएक छोरो बन्न सदैब लागिरहने छु।
आज मलाई मेरो जन्मदिनको शुभकामना गर्ने सम्पुर्णमा हृदय देखिनै धन्यवाद टक्राउन चाहन्छु। हजुरहरुको माया आशीर्वाद र सुझावले निकै हौसला प्रदान गरेको छ। र उर्जा थपिदिएको छ अगाडि बढ्न ।तेसको लागि सबै प्रती अत्यन्तै आभारी छु।
मनोज चन्द , धनगढी कैलाली