रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

भीम रावलसँग राजनीतिक संस्कार छैन : कर्णबहादुर थापा

भीम रावलसँग राजनीतिक संस्कार छैन : कर्णबहादुर थापा
197
SHARES
578
VIEWS
Share on FacebookShare on Twitter

अछाम : नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्।

ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए।

आफ्नो धेरै मानसम्मान खोज्‍ने रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे। रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए।

सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए। ‘सरकारका राम्रा काम देखेर अतालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्’, उनले भने, ‘पार्टी एकतापछि पनि माधव-प्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन।’

अछाममा ओली समूहको संगठन बलियो रहेको बताउँदै उनले आमकार्यकर्तालाई संगठ थप मजबुत बनाउन अनुरोध गरे। अहिले नेता रावलको ध्यान पार्टीको सम्पत्तिमा केन्द्रित रहेको भन्दै थापाले एकलौटी प्रयोग गर्न खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिए।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कम्युनिष्ट पार्टि अछामका संस्थापक भीम बहादुर कडायतले चुनावमा जान डराउनेले ‌ओलीको विरोध गरिरहेका बताएका छन्। निर्वाचन हुने भएपछि जनताले नपत्याउने थाहा पाएकाहरू चुनावदेखि डराएर वर्तमान सरकारको विरोध गरिरहेका आरोप लगाए।

पार्टी विभाजनको सबै दोष ओलीलाई लगाउनेहरु आफैँ पानीमाथिको ओभानो हुन खोजेका बताउँदै उनले अहिलेका मुख्य दोषी माधव र प्रचण्ड भएको आरोप लगाए। कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले राजनीतिसँग आर्थिक क्रान्तिलाई पनि जोड दिनुपर्ने बताए। आफू नैतिकताको राजनीति गर्ने ब्यक्ति भएकाले ओलीको पक्षमा होमिएको उनले बताए।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य यज्ञ बोगटीले केपी ओलीको नेतृत्वमा अछाममा थुप्रै विकास काम भएको बताए। क्षेत्र नं. २ मा आफु निर्वाचित भएपछि जिल्लाका महत्त्वपूर्ण योजनाहरू सम्पन्न गरेकाले जनताहरू ओलीको साथमा रहने विश्वास उनले जनाए ।

पार्टीका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भैरे कामी, कृष्णप्रसाद जैसी, देव बहादुर कुवँर, पदम बोहरा, भीमबहादुर विष्ट, कमल रावल, मना अधिकारी, शिव प्रसाद उपाध्याय, अनेरास्ववियुका केन्द्रीय सदस्य कमल ढुंगाना लगायत बोलेका थिए। पार्टीका प्रदेश कमिटी सदस्य सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरू कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव डिबी साउदले गरे।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नारी दिवस : श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

नारी दिवस : श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

March 3, 2021
अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

March 3, 2021
अछामका महिला भुकम्प प्रतिरोधि घर निर्माणमा सक्रिय

अछामका महिला भुकम्प प्रतिरोधि घर निर्माणमा सक्रिय

March 2, 2021
पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

March 2, 2021
रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई

March 2, 2021
वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको चौरपाटीमा सार्वजनिक सुनुवाई

वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको चौरपाटीमा सार्वजनिक सुनुवाई

March 2, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal