संसारको सबैभन्दा महान सम्बन्ध आमा नै हाे। आमाको महिमा कत्तिसम्म अपरम्मपार हुन्छ यसको सायद हरेक सन्ताहरुलाई थाहा नै हुन्छ।आमालाई भगवान भन्दा पनि माथिको रुप मानिन्छ ।
हामीले यस्ताे भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा भएकाे छैन। आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु बाकि नै छन्।जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्नु उचित हुन्। यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्छ।

अहिले एक तस्विर सामाजिक सन्जालमा निकै चर्चामा आहिरहेकाे छ । यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध खुवाईरहेको देख्न सकिन्छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको देखिन्छ।
यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँनसक्छ।तस्विर भने उक्त बाख्राको खोरमा छैन हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिएकाे छ। चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ ।
खाली भाँडा, बाख्रीले स्तनपान गरिरहेकाे एकाेहाेराे हेरिरहेको बालकलाई देखेर अनुमान लगाउन सकिन्छ कि ऊ गरिबी र भोकमरिले पिराेलिएकाे छ।सायद त्यहि कारणले सबैलाई दुखि बनायाे र एक-दुई शेयर हुँदै भाईरल बन्न पुग्याे।