लाल बहादुर चदारा असार २३ अछाम
स्वास्थ्य क्षेत्र को लागि सामाजिक परिक्षण कार्यक्रम मेल्ल्ख सात नन्देगडा स्वास्थ्य चौकिमा सम्पन्न भएको छ ।

स्वस्थ्य सस्थाको सेवालाई गुणस्तरीय र उत्तरदायि बनाउन र सेवाप्रदायक सस्थाको निति नियम कार्यक्रम कार्यनयन सेवा गराहि लाई सेवा प्रवहाको अबस्था र सेवा प्रवाह को लेखा जोखा र सेवा को प्रभाबकारिता बारे सरोकारबाला को धारणको आधारमा समाजिक परिक्षण गरियको हो ।
सो कार्यक्रम स्वास्थ्य क्षेत्र को गतिविधि को बारेमा नन्देगडा स्वास्थ्य चौकि ईनचार्ज नृप बढाले जानकारि गराउनुभएको थियो ।
स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष नर बहादुर साउदको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै साउदले ,समुदायमा महिला स्वास्थ्यसयम सेबिकाले ठुलो भुमिका खेलेको भन्दै आगामि दिनमा वडा बाट स्वास्थ्य क्षत्र को लागि पहिलो प्रथामिकतामा राखिने बतउनुभयो ।
मेल्लेख स्वास्थ्य शाखाको सहकार्य र नन्देगडा स्वास्थ्य चैकिको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि राजनीतिक दल महिला स्यमसेबिका आमासमुह सुनौला हजार दिनका आमा स्वास्थ्य कर्मि लगायतको सहभागिता रहेको सो कार्यक्रम को सहजिकरण पत्रकार खम्म खत्रि र लालबहादुर चदाराले गर्नुभएको थियो ।