राजेन्द्र कुवर अछाम
योजनाबद्ध गर्न पर्ने केही काम प्राकृतिक सौर्न्दर्यको अनुकम्पाले भरिपुर्ण रामारोशन पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा बसेको छ ।
अछाम जिल्लाको छब्बीस क्षेत्रको रामारोशन गाउँ पालिकाको पर्ने रामारोशन गाउँ पालिकाकाको वडा नम्बर ५ अवस्थित रामारोशन बाह्र बण्ड अठार खण्डको उपनामले पनि स्थानीय बासी परिचय दिने गर्छन ।
बाह्र बण्ड भन्नाले ताल तलैयालाइ जनाउछन भनेल खण्ड भन्नाले ठुला ठुला घासे मैदानलाइ जनाउने हुदा रामारोशन क्षेत्र भित्र रहेका प्राकृतिक निर्मित ताल तलैया र ठुल ठुला घासे मैदानमा घुमेर स्वर्गीय आनन्द लिनका लागि प्राकृतिक प्रेमीले जिबनमा एक पटक पुग्नै पर्ने स्थानको सुचिमा रहेको छ रामारोशन ।

बाह्र बण्ड भन्नाले ताल तलैयालाइ जनाउछन भने खण्ड भन्नाले ठुला ठुला घासे मैदानलाइ जनाउने हुदा रामारोशन क्षेत्र भित्र रहेका प्राकृतिक निर्मित ताल तलैया र ठुल ठुला घासे मैदानमा घुमेर स्वर्गीय आनन्द लिनका लागि प्राकृतिक प्रेमीले जिबनमा एक पटक पुग्नै पर्ने स्थानको सुचिमा रहेको छ रामारोशन ।
कसरी पुग्ने रामारोशन ?
रामारोशनमा पुग्नका नेपाल गंज र धनगढी देखि साफे बगर हवाई मार्ग प्रयोग गरि अछामको सदरमुकाम देखि कच्ची सडक प्रयोग गरेर सजिलोसँग पुग्न सकिने छ भने नेपालगन्ज सुर्खेत हुँदै अछामको बिनायक बजार हुँदै रामारोशन गाउँ पालिकाको केन्द्र भाग रहेको शान्तडा हुँदै रामारोशन पुग्न सकिने छ ।
धनगढी पिपल्ला डोटि सिलगढी साफेबगर जयगढ र मंगलसैन सम्म कालो पत्रे सडक र जयगढ बजार र मंगलसैन देखि कच्ची सडक प्रयोग गरेर रामारोशन पुग्न सकिन्छ ।

रामारोशनमा ताल तलैया र घासे मैदानका अतिरिक्त डाफे मुनाला र कालिज चराचुरुङ्गी कस्तुरी, मृग,घोरल थार र बँदेल बाघ भालु बन्यजन्तु जनावरको बासस्थानको रूपमा रहेको छ ।
लौठ, धुबी सल्लआ लाली गुरास बाज कटुज अन्य वनस्पति जडिबुटीको भण्डारको रूपमा रहेको रामारोशन क्षेत्रलाइ भने राज्यले भने सौतेनी व्यबहार गरेको छ ।
तत्कालीन मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा डाक्टर भीम रावल पर्यटन राज्यको जिम्मेवारी प्राप्त गरे पछि खप्तड र रामारोशनका बारेमा देश बिदेशमा जानकारी दिने उदेश्यले भिडियो डकुमेन्ट्री निर्माण गरे पछि त्यस कामले खासै गति लिएको पाइदैन ।

देश शस्त्र द्वन्द्वको भुमरीमा फसे पछि भौतिक पुर्बाधारका क्षेत्रका बिकास अबरुद्ध भए पछि रामारोशन युद्धको रणभुमी भएको थियोे । १० बर्ष लामो जनयुद्ध ०६२/०६३ को जन आन्दोलनको सफलता पछि पर्यटन प्रबर्द्धनमा निकै आशाका किरण फैलिएका थिए ।
रामारोशनको किनिमिनी मैदानमा रामारोशन महोत्सव गन्तव्य रामारोशन जस्ता कार्यले आन्तरिक तथा बाह्य पर्यटकलाई हामीले सोछे जति तान्न नसकेको तितो यतार्थ हाम्रो सामु रहेको छ ।
स्थानीय बासी र जिल्लामा कृयाशिल निजि क्षेत्रको पहलमा रामारोशन क्षेत्रको पर्यटन प्रबर्द्धनमा केही काम गरे पनि सरकारको ध्यान जान नसकेको जनगुनासो रहदै आएको छ । देश संघिय संरचना बिभाजन भएर रामारोशन गाउँ पालिकामा जनप्रतिनिधि आए पछि भने केही सकारात्मक कामको अहिले सुरुवात गरेको पाइन्छ ।
गाउँ पालिकाले रामारोशन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको शुचि तयार पार्ने सुचना केन्द्रको स्थापना पर्यटकीय क्षेत्र सम्मको सडकको स्तर उन्नति गर्ने डुग्गा खरिद गरेर जिङ्गले तालमा डुङ्गा संचालन गरे पछि आन्तरिक तथा बाह्य पर्यटकको आवगमनमा निकै वृद्धि भएको छ ।

कोरनाका कहरका कारणले सुनसान भएको रामारोशन अहिलेको तीन महिनाको अवधिमा करिब एक हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन ।
सुदुरपश्चिम प्रदेश सरकारले हालै मात्रै रामारोशन क्षेत्र तथा पर्यटन बिकास समिती चक्रबहादुर रावलको अध्यक्षतामा समिति गठन गरेर कार्यकारी निर्देशकको जिम्मेवारी गंगा बुढा कुवरलाइ दिए पछि रामारोशनको बिकासले गति लिने आसाका किरण फैलिएको छ ।
रामारोशनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बिन्दुमा राख्नका लागि बिस्तृत पर्यटन गुरुयोजना सहित तत्काल प्यारा गलाइडिङ्ग जग्गल सपरी स्थानीय कला संस्कृति पर्दशनीमा बिशेश जोड दिनु पर्ने देखिन्छ ।
रामारोशन क्षेत्र वरिपरि परिका स्थानीय बासिलाई आर्थिकरूपमा सप्पन्न बनाउनका लागि स्थानीय उत्पादनमा जोड दिदै अछामी परिकारका खाने कुरामा जोड दिनु पर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश सरकार अछाम जिल्लालाइ आर्थिक रूपमा समृद्धि र सम्पन्न बनाउनका लागि रामारोशन खप्पतडलाइ पर्यटन प्रबर्द्धनको क्षेत्र घोषणा गरेर बर्षमा २ पटक जनप्रतिनिधि सरकारि कर्मचारी सामाजिक संघ संस्था बिकास साझेदारहरुलाइ अनिवार्य भ्रमण ब्यबस्था गर्नु पर्ने देखिन्छ ।