फागुन, ९ अछाम : सरस्वती माद्यामिक विद्यालय जयगढमा विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
समग्र विद्यालय सुधार योजना निर्माण गर्नका लागी सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ अन्तरक्रिया गरीएको हो ।
वाक नेपाल युवा सशक्क्तीकरण वुलगारी परियोजनाको आर्थिक सहयोग, बान्नीगढी जयगढ गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरीएको थियोे ।
अन्तरक्रिया कार्यक्रममा यसका साथै आगामी बर्षको लागी विद्यालय सुधारका लागी योजना निर्माण तथा अद्यावधिकका लागि सहभागी हरु बाट कार्ययोजना समेत बनाइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशीले गर्नुभएको थियो, भने कार्यक्रमको संचालन वाक नेपाल युवा शसक्क्तीकरण वुलगारी परियोजनाका बिकास सुपरभाइजर टेकेन्द्र परियारले गर्नुभएको थियो ।