देबेन्द्र थापा अछाम
बान्निगढी जगयढ गाउँपालिका वडा नम्बर ६ दर्नाको थाप्सामा सडक पुगेको छ । वडा अध्यक्ष कृष्ण बहादुर कडायतको पहल र थाप्साका युवाहरुको सक्रियतामा टोलमा सडक पुगेको हो ।
थाप्साको सिमखोला देखि पटाकानी सम्म सडक पुगेपछी वडा अध्यक्ष कडायत र डोजर चालक लाई फुलमाला र अवीर लगायर भब्य स्वागत गरेका थिए ।

सडक टोलमै पुगेपछी स्थानियले फलाएका तरकारी ढुवानी गर्न र बिरामिहरु लाई यातायातको साधनमा स्वस्थ्य सस्थामा लिनको लागि सहज भएको छ ।
बिगत लामो समय देखि खानेपानीको समस्य्स झेलेका टोलका नागरिकहरु अहिले वडा सरकार लगायत विभिन्न सघ सस्थाहरुको सहयोगमा खानेपानीको समस्या समाधान भैइसकेको छ । सबैको घर – घरमा खानेपानी समेत पुगिसकेको छ ।
अहिले करिब १ घण्टाको पैदल हिनेर खानेपानी ल्याउन जानुपर्ने बाध्यता समेत हटेको स्थानिय नवीन थापाले बताउनुभयो ।

युवाहरुको सक्रियतामा टोलमा खानेपानी, सिचाइ कुलो, सडक लगायतका विभिन्न सङरचना निर्माण गर्न सफ भएका उहाले बताउनुभयो । टोलमै सडक पुगेपछी आइपर्ने विभिन्न समस्या हटेको बताउनुभयो ।
अहिले गाउँमा सडक आएपछी स्थानियहरु निकै हर्सित भएका छन भने वडा सरकार लाई धन्यवाद समेत दिएका छन ।

यस्तै वडा अध्यक्ष कृष्ण बहादुर कडायतले वडाका हरेक टोलहरुका जनताहरुका आवश्यकताहरु पूरा गर्नु आफ्नो पहिलो दायित्व भएकाले आफू अगाडि बढेको बताउनुभयो ।
शिक्षा, सडक, खानेपानी, सिचाइ लगायतका बिकास निर्माणका कामहरु निरन्तर गर्दै अगाढी बढेको बताउदै समृद्ध वडा बनाउन खटिरहेको उल्लेख गर्नुभयो ।
साथै आउने दिनहरुमा पनि वडाका सबै जनताहरुको आवश्यकताका आधारमा हरेक क्रियाकलाप अगाढी बढाईने उल्लेख गर्नुभयो ।

थाप्सा टोलका बासिन्दाले बिगतका दिन देखि खानेपानी र सिचाइ पानीको समस्या झेल्दै आएका र अहिले आफुले पालिका र प्रदेश सरकार संग पहल गरि समस्या समाधान गरेको बताउनुभयो ।
समृद्ध र समुन्नत समाज निर्माणका लागि हरेक व्यक्तिहरुले एकरुपताका साथ लाग्नु गर्ने कुरामा वडा अध्यक्ष कडायतको जोड रहेको छ ।