टेकराज भण्डारी, फागुन १४, अछाम
सुदूर सञ्चार समाज नेपालको पाँचौ साधारण सभा नयाँ नेतृत्व गर्दै सम्पन्न भएको छ ।
रेडियो रामारोशन एफएमको मातृ संस्था सुदूर सञ्चार समाज नेपालका अध्यक्ष एकिन्द्र कुमार कुँवरको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी रहनु भएको थियो ।
प्रमुख अतिथि भण्डारीले सुदूर सञ्चार समाजद्धारा सञ्चालित रेडियो रामारोशनले विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थासम्म पुगेको बताउनुहुँदै आगामी दिनमा थप सुधार र गुणस्तर कायम गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।
रेडियो रामारोशनले जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, विकास निर्माण्, शुशासन, पारदर्शीता लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनु भयो ।
अव संस्थाले रेडियो रामारोशन सञ्चालनका साथै अन्य सामाजिक कार्यमा समेत अग्रसर रहनुपर्ने उहाँको सुझाव छ ।
कार्यक्रमका बिशिष्ठ अतिथि रेडियो रामारोशनका उपाध्यक्ष तथा नेपाली कांग्रेस अछामका सहसचिव बेदप्रकाश तिमिल्सैनाले रेडियो रामारोशनले जटिल अवस्थामा जिल्लामा सञ्चार क्षेत्रको विकास र विस्तारका लागि भूमिका खेलेको स्मरण गर्नुभयो ।
जिल्लाका हरेक सवालमा आवाज उठाएको भन्दै आगामी दिनमा थप व्यवस्थित तथा प्रतिष्पर्धात्मक रुपमा अघि बढ्नुपर्ने अवस्था आएको औँल्याउनु भयो ।
संस्थाका अध्यक्ष एकिन्द्र कुमार कुँवरले रेडियो रामारोशन स्थापना गर्दाको क्षण स्मरण गर्दै जिल्लामा पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो रामारोशन स्थापना भई हाल समाजका हरेक सवाललाई उजागर गर्दै, जिल्लामा सञ्चार क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनु भयो ।
आफ्नो कार्यकालमा रेडियोको विकास, विस्तार तथा गुणस्तरीयता प्रदान गर्न भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि रेडियोको विकासमा प्रतिबद्ध भईरहनेमा बताउनु भयो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष टंक रिमाल, फोटो पत्रकार महासंघका अध्यक्ष धिरज कुँवर, संस्थाका सहसचिव टेक बहादुर बोहरा, भद्रकला ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
कोषाध्यक्ष कृष्ण बहादुर बुढाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्र बहादुर थापाले गर्नुभएको थियो ।
साधारण सभाको बन्द सत्रले बेदप्रकाश तिमिल्सैनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी ३ बर्षको लागि सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा कृष्ण बहादुर बुढा, सचिवमा चन्द्र थापा, कोषाध्यक्षमा माया बुढा, सहसचविमा बिक्रम परियार, तथा सदस्यहरुमा टेकराज भण्डारी, टंक प्रसाद रिमाल, तुलसी कुमारी भण्डारी र फुलमाया ढोली चयन भएका छन् ।